अन्ततः पूरा हुने भयो शेखर कोइरालाको सपना, देउवा–ओली ‘चियागफ’ धेरै महँगो
काठमाडौं– राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिमा नेपाली कांग्रेस र नेकपा एमाले पुगे पनि खासमा यो दुई दलको गठबन्धन हो। यसकारण यहि चाहना राखेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाभन्दा अरु को खुसी होला र?
कांग्रेसका नेताहरूले भन्थे– यो सरकार आफैं ढल्छ। वास्तवमा सरकार परिवर्तन हुने हल्लाबीच कांग्रेस र एमालेका नेताले सोमबार रातीसम्म केही नखुलाए पनि शनिबारदेखि नै यसको अभ्यास भएको थियो।
कम्युनिस्ट विचारधाराको कार्यक्रममा उपस्थित नभएर शनिबार बालकोटमा नै बसेका एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको चियागफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि महँगो साबित भयो।
कांग्रेसका एक नेता भन्छन्,‘वास्तवमा सरकार परिवर्तनको विषय आउँदा हामी पनि सरप्राइज भयौं। दुई नेताले निक्कै महँगो चियागफ गर्नुभएछ। अब स्थिर सरकार बन्छ।’
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १२:१२
प्रतिक्रिया दिनुहोस्