Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

मंगलबार, असार १८, २०८१

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (बुधबार) बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सङ्घीय संसद्का दुई ठूला दल काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् ।

दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि नेपाली काँग्रेस र नेकपा एमाले बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा गएराति हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्