Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस-एमालेमा त्रास देखियो : प्रधानमन्त्री ‘प्रचण्ड’

मंगलबार, असार १८, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस–एमालेमा त्रास देखियो बताएका छन् । मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको पनि उनले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले काँग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।

‘संविधानलाई नै डिरेल हिसाबले कोसिस भइराखेको छ । भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस–एमालेमा त्रास देखियो । माओवादी जनयुद्धले ल्याएका उपलब्धि, संघीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ । यसको सशक्त प्रतिवाद गर्नुपर्छ’, ‘प्रचण्ड’को भनाइ छ ।

बैठकमा ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेकोमा पनि बताए । ओलीसँग बिहानमात्रै भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको भनेर ओलीले जवाफ दिएको ‘प्रचण्ड’ले बैठकमा ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्