Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि मन्त्रालयमा कर्मचारीहरूको धर्ना आज पनि जारी

मंगलबार, असार १८, २०८१

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीले कृषि मन्त्रालयमा मंगलबार आज पनि धर्ना जारी राखेका छन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्