Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी 

प्रधानमन्त्री प्रचण्डसँग कति सांसदको विश्वासको मत रहला, संख्या थाहा पाएर छक्क परिन्छ

मंगलबार, असार १८, २०८१

काठमाडौं– कांग्रेस–एमाले सहमतिमा राष्ट्रिय सरकार बनाउने घोषणासँगै अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन्। 

उनले बालुवाटार पुगेर नै प्रचण्डसँग राजीनामा माग गरेका थिए। तर प्रचण्ड राजीनामा नदिई विश्वासको मत लिने पक्षमा छन्। कांग्रेस–एमालेबाहेक अन्य सबै मिल्दा पनि सदनमा बहुमत नपुग्ने स्थितिमा प्रचण्डसँग कति सांसदको समर्थन बाँकी रहला? कतिले विश्वासको मत दिनेछन् भन्ने एउटा लेखाजोखा गरिएको छ। 

प्रतिनिधि सभाका दुई ठूला दलसँग मात्र १६७ सांसद छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा यो संख्या अधिकतम हो। यीबाहेक राष्ट्रिय सरकारमा सहभागी हुने अन्य दल बढ्नेछन्। तर कोही पनि सहभागी नहुँदा पनि बाँकी १०८ सांसद रहन्छन्। यो पूरक संख्या मात्र हो, यसमा तलमाथि हुन सक्छ। 

कांग्रेस–एमाले सहमतिमा उपेन्द्र यादव नेतृत्वको ५ सदस्य रहेको जनता समाजवादी पार्टीले समर्थन जनाउने निश्चित छ। किनभने यादव प्रचण्ड सरकारको समर्थन फिर्ता लिएर नयाँ सहमतिको पक्षमा उभिइसकेका छन्। 

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँग ७ सांसद छन्। उसले पनि नयाँ सहमतिको सरकारमा समर्थन जनाउने लगभग निश्चित छ।

यसैगरी, सत्तामा रहेर पनि कांग्रेससँगको गठबन्धन कायम राख्नुपर्ने बताउने नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन जनाउने सम्भावना छ। माओवादीको पक्षमा उक्त पार्टी उभिन सक्ने पनि प्रबल सम्भावना छ। उसँग १० सांसद छन्।

कांग्रेसका पक्षमा नागरिक उन्मुक्ति पार्टी निश्चय नै लाग्नेछ। नयाँ गठबन्धनमा उसको समर्थन रहनेछ। केही स्वतन्त्र नलागे पनि नयाँ गठबन्धनको पक्षमा अमरेश सिंहको समर्थन रहन सक्ने सम्भावना रहेको छ। 

यता प्रचण्डको पक्षमा भने नेकपा माओवादी केन्द्र का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६ जनाको समर्थन रहने सम्भावना छ। यसमा पनि नयाँ गठबन्धनमा नजाने निर्णय गरेको रास्वपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने सम्भावना छ। यसकारण प्रचण्डले लिने भनेको विश्वासको मतको पक्षमा ४८ जनाको मात्र समर्थन हुने सम्भावना छ। सबैको हुँदा पनि प्रचण्डले ८० भन्दा बढी मत पाउने स्थिति रहन्न। 

यसकारण प्रमुख प्रतिपक्षी दल बन्ने अवस्थामा लज्जास्पद समर्थन लिनुभन्दा प्रचण्डले राजीनामा दिनु उपयुक्त हुने देखिन्छ। 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्