Nic Ad Nic Ad
Nic Ad Nic Ad

२३ वर्षपछि चलचित्र विकास बोर्डले पायो लोगो

मंगलबार, असार १८, २०८१

काठमाडौं- स्थापना भएको २३ वर्षपछि चलचित्र विकास बोर्डको लोगो निर्माण गरिएको छ ।

लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्मांण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्राध्यापक एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन् ।

लोगोमा नेपाली फिल्मको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिजदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई व्यक्त गरिएको छ । लोगोसँगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको शान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ ।

चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो । यसअघिसम्म बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्ने गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्