Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘कल्की’को क्रेज: ‘औरो में कहाँ दम था’ ५ जुलाईमा नआउने

मंगलबार, असार १८, २०८१

काठमाडौं- अजय देवगण र तब्बु स्टारर बलिउड फिल्म ‘औरो में कहाँ दम था’ को प्रदर्शन मिति स्थगित गरिएको छ ।

५ जुलाईमा रिलिज हुने तय गरिएको फिल्म अब जुलाईको दोस्रो सातामा रिलिज हुनसक्ने बताइएको छ । प्रभास र दीपिका पादुकोण स्टारर ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा धमाका मच्चाइरहेका कारण अजय र तब्बुको फिल्म निर्धारित मितिमा रिलिज नहुने बलिउड हंगामाले जनाएको छ ।

‘कल्की’ का कारण स्क्रिन संख्या कम पाउने भएकाले रिलिज मिति सारिएको निर्मातालाई उद्धृत गर्दै खबरमा जनाइएको छ । नीरज पाण्डेको लेखन तथा निर्देशन रहेको ‘औरो में कहाँ दम था’ मा अजय र तब्बुका साथै शान्तनु महेश्वरी शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्