Nic Ad Nic Ad
Nic Ad Nic Ad

माधव नेपालको दल नयाँ सरकारमा सामेल नहुने संकेत

मंगलबार, असार १८, २०८१

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले कांग्रेस–एमालेको नयाँ गठबन्धन सरकारमा सहभागी नहुने संकेत दिएको छ।

नयाँ सहमतिको विषय आउनासाथ उसको प्रथम प्रतिक्रियाले नै उक्त संकेतलाई पुष्टि गर्छ। महाधिवेशनमा ब्यस्त रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले दुई ठूला दल मिलेर अधिनायकवाद लाद्न खोजेको बताएका छन्। 

यदि पार्टीको आधिकारिक धारणा यहि भए सरकारमा सहभागी हुने सम्भावना क्षीण छ। संविधान संशोधन गर्ने भन्ने विषयको एकीकृत समाजवादीले बिरोध गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्