Nic Ad Nic Ad
Nic Ad Nic Ad

मण्डलामा ड्रामा स्कुलका प्रशिक्षार्थीको चार वटा नाटक मञ्चन हुँदै

मंगलबार, असार १८, २०८१

काठमाडौं- मण्डला थिएटरमा यही असार २५ गतेदेखि मण्डला ड्रामा स्कुलको दोस्रो ब्याच र ल्याब चौधको प्रस्तुतिमा चार वटा नाटक मञ्चन हुदैछन्।

जसमा असार २५ गते नाटक ‘राधा’, २६ गते ‘अ बिगीनिंग’, २७ गते ‘निब’ र २९ गते अर्को एउटा नाटक प्रस्तुत गरिनेछ।  नाटकहरू हरेक दिन दिउसो २ बजे र साँझ ६ बजे दुई सो मञ्चन हुनेछ।

नाटक राधामा वैवाहिक सम्बन्धप्रति बनेको सामाजिक धारणामा अल्झिएर आत्मनिर्णयको अधिकारको लागि विभिन्न समय र पृष्ठभूमिका महिलाहरूको भोगाइ, अनुभव र विचारलाई प्रस्तुत गरिएको छ। नाटक सुमित्रा बोगटीको लेखन र तुलसी परियारको निर्देशनमा तयार भएको छ।

नाटक ‘अ बिगीनिंग’ मा कुनै आकार नभएको सपना साकार पार्ने युवाहरूको कथा समेटिएको छ। नाटकलाई मिलन बहादुर खड्काले लेखेका छन् । नाटकमा इक्शा मादेन लिम्बूको निर्माण र तिर्थराज विश्वकर्माको निर्देशन रहेको छ।

यसै गरी नाटक निब विद्यार्थी राजनीतिमा भएका राम्रो कुराहरूलाई निरन्तरता दिनुपर्छ र नराम्रो कुराहरूलाई जरा देखि नै उखेलेर फाल्नु पर्छ भन्ने कथावस्तुलाई आधार मानी तयार पारिएको छ ।
नाटकलाई गणेश प्रसाद पौडेलले लेखन, विशाल कुमार केसीले निर्देशन र कपासेली ठिटोले निर्माण व्यवस्थापन गरेका छन् ।

यी नाटकहरू मण्डला ड्रामा स्कुल दोस्रो ब्याच अन्तर्गत  अन्तिम उत्पादनको रूपमा तयार हुँदै छ । जसमा मण्डला थिएटर ल्याब चौध ब्याचका प्रशिक्षार्थी कलाकारहरूले अभिनय गरेका छन्।

नाटकमा आर्जु खरेल, अजय कार्की, हेमन्त खड्‌का, कृतिका बस्नेत, मिशेल घिमिरे, नवीन शाही, परितोषिका पन्त, प्रेमा गुरुङ, सर्जिका मिजार, उदित थापा, युगल श्रेष्ठ, सन्तोष बानिया, सुदीप मगर लगायतका प्रशिक्षार्थी कलाकारहरूको अभिनय रहेको छ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्