Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

मौन तर भयानक सत्ताका खेलाडी देउवा र ‘गेम चेन्जर’ ओली मिलन बिन्दुको कारण 

मंगलबार, असार १८, २०८१

काठमाडौं– ०७९ को निर्वाचनपछि विभिन्न कारणले बनेका सरकारहरूमा दुई जना नेता भयानक खेलाडी साबित भएका छन्, सोमबार रातीदेखि। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मौन तर भयानक सत्ताका खेलाडीका रुपमा अगाडि देखिए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘गेम चेन्जर’का रुपमा प्रमाणित भए। 

दुई ठूला दललाई पालैपालो खेलाएर प्रधानमन्त्रीको कुर्सीमा आसिन रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देउवा र ओलीले मिलेर राजनीतिक चोट दिएका छन्। यस्तो चोट कि, प्रचण्डले अब चाहेर पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अंक गणित मिलाउन सक्ने छैनन्। 

निर्वाचनपछि चार पटक विश्वासको मत लिन सफल प्रचण्डले प्रतिनिधि सभामा प्रकाण्ड समर्थन बटुल्ने किर्तिमान पनि राखे, यहिबीचमा। दुई बर्षमा उनका राजनीतिक गति कहिले तिव्र त कहिले लोसे पनि भयो। दुई ठूला दलमाथि छिर्के हान्ने प्रचण्ड प्रवृत्तिको स्खलन गराउन देउवा र ओली मिल्नुलाई नयाँ नमाने पनि आश्चर्यजनक मान्न सकिन्छ। 

सरकार बदल्दैगर्दा ओलीले देउवालाई सदनमा भनेका थिए,‘आउनुस् बसौं न। कुरा गरौं न।’ यो भनाई ब्याक ट्रोल भयो तर यसलाई सम्भावित सत्यमा साबित गर्न ओली सफल भए। 

यो कसरी सम्भव भयो त? यसको कारण के थियो त भन्ने पनि चर्चामा छ, अहिले। 

रास्वपा सभापति रवि लामिछानेले भने राजनीतिक लाभका निम्ति देउवा–ओली मिल्नुको कारण भ्रष्टाचारका फाइल खुल्नु रहेको टिप्पणी गरेका छन्। तर खास कारण त्यो केही होइन। 

यी दुई मिल्नुको मुख्य विन्दुचाहिँ प्रचण्डसँग राजनीतिक प्रतिशोध हो। प्रचण्डले ५ बर्ष नै प्रधानमन्त्री बन्छु भनेपछि त्यहि ताकमा रहेका ओली झस्किएका थिए। नझस्किने कारण पनि छैन। किनभने ०७९ को पुस १० गते भएको सहमतिमा प्रचण्डले पलटवार गरेका थिए।

एमालेलाई राष्ट्रपति दिने सहमति गरेर उनी ब्याक भई कांग्रेसबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएपछि एमालेले सरकार छाडेको थियो। 

यस पटक भने ओलीलाई प्रधानमन्त्री नै नदिने छनक देखाएपछि प्रचण्ड आफैं राजनीतिक भुङ्ग्रोमा च्यापिएका छन्। किनभने उनले कांग्रेस सभापति देउवालाई पनि फागुन २३ गते धोकाधडी दिएका थिए, एकाएक।

देउवा कुन बेला प्रचण्डलाई गल्र्याम्म पार्न सकिन्छ भन्ने ताकमा थिए, आखिर असार १५ को बालकोटको तीनघन्टे चियापानले कोर्स बदलियो। 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्