Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचारको फाइल खोलेपछि रातारात समीकरण फेरियो : गृहमन्त्री लामिछाने

मंगलबार, असार १८, २०८१

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । सिंहदरवारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गरे ।

उनले भने, ‘तपाईँहरू नै फाइल खोल्नुपर्‍यो भन्नुहुन्थ्यो । भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ?’

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सत्ता समीकरण फेरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो बेचैनीको अर्थ के होला ? यसको के अर्थ होला ? एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो ? यो त सबैले बुझेकै कुरा हो । अब यसको संवैधानिक प्रक्रियाहरू सुरु होला ।’ दुई ठूला दल मिलेपछि देशमा अहिले के संकट आउँदैछ भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘अहिले सुशासनका लागि केही मान्छेहरू पक्राउ परे ? यो देशका लागि संकट थियो कि केही भ्रष्ट मानिसहरूलाई आउन लागेको थियो । कसलाई जोगाउन खोज्या यो ? कसलाई जोगाउन रातारात परिवर्तन भयो होला ? यति पनि बुझ्न सकिँदैन र ? जनताले राम्रोसँग बुझेका छन् ।’

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्