Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेयर बजार ४७ अकंले बढ्यो

मंगलबार, असार १८, २०८१

काठमाडौँ- मंगलबार (आज) शेयर बजार दोहोरो अकंले बढेको छ । नेप्से मंगलबार ४७ दशमलव ०४ अकंले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अकंले उकालो लागेको छ । हिमालयन डिस्टिलरी कम्पनीको शेयर साढे ८ प्रतिशतले बढेको छ । उच्च अकंले बजार बढेको दिन उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबार रकम पनि बढेको छ । सोमबार (हिजो) झन्डै ३ अर्बको कारोबार भएकोमा मंगलबार (आज) ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार (आज) दुई पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोबार केही समयका लागि रोकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्