Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली श्रमिक इजरायल नपठाउन अपिल

मंगलबार, असार १८, २०८१

काठमाडौँ- अभियन्ताहरूले युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागरिकलाई नपठाउन आग्रह गरेका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ । अभियन्ताहरूले सरकारको उक्त निर्णय तत्काल रद्द गर्न माग गरेका हुन् ।

अभियन्ताहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सम्बद्ध मन्त्रालय नेपाल सरकारलाई नेपाली नागरिकहरूको बाँच्न पाउने मौलिक हकबाट उनीहरूलाई वञ्चित नगर्न र मानव अधिकारको न्यूनतम प्रतिबद्धता पालना गर्न हाम्रो अनुरोध छ ।’

वक्तव्यमा सरकारलाई ‘नेपाली श्रमिकको बाँच्न पाउने मौलिक हकको सवालसँगै उनीहरूलाई इजरायलमा पठाउनु भनेको इजरायलले गरेको नरसंहारमा नेपालको सहयोग/समर्थन रहेको हो ?’ भनेर प्रश्नसमेत गरिएको छ ।

२०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका थिए । एकजना अझै बेपत्ता छन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्