Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारीको समस्याबारे दलहरूसँग लिखित सुझाव मागिने

मंगलबार, असार १८, २०८१

काठमाडौं सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सातौँ बैठक सकिएको छ । 

मंगलबार बसेको बैठकमा राष्ट्रिय सहकारी महासङ्घकी अध्यक्ष ओमदेवी मल्ल र महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाहाङसँग सुझाव लिएको छ । 

यस्तै, महासंघका पूर्वअध्यक्षहरू मीनराज कँडेल, डीबी बस्नेत, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र सीआईओ बद्री गुरागाईँ छलफल गरिएको हो । 

छनबिन समितिका संयोजक सूर्य थापाका अनुसार उनीहरूले सहकारीसम्बन्धी आ-आफ्नो क्षेत्रका महत्त्वपूर्ण धारणा राखेका छन् । 

उनीहरूले हाल देखा परेको संकट र २९ वटा सहकारी क्षेत्रको समस्या समाधानबारे महत्त्वपूर्ण सुझावसमेत उपलब्ध गराएको थापाले बताएका छन् । 

यस्तै बैठकले सहकारी क्षेत्रको बचत अपचलन, ठगी र बचत फिर्ताबारे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई सुझावहरू लिखित रूपमा उपलब्ध गराउनसमेत पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्