Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध

मंगलबार, असार १८, २०८१

चितवन– नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । 

सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाइज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्