Nic Ad Nic Ad
Nic Ad Nic Ad

नक्कली भुटानी शरणार्थी प्रकरणः एमाले उपाध्यक्ष बादलका छोरा प्रतीकलाई जेल पठाउन आदेश

मंगलबार, असार १८, २०८१

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पूर्पक्षका लागि जेल पठाउन आदेश भएको छ। 

जिल्ला अदालत काठमाडौंले यस्तो आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बौद्धबाट पक्राउ गरेका प्रतीकलाई जिल्ला अदालत काठमाडौंकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो।

उक्त प्रकरणमा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो। 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्