Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

मंगलबार, असार १८, २०८१

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई मंगलबार पनि हेर्दा हेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि अन्तिम आदेश नआएको हो ।

samridhi jewllers

अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ भएपछि आदेशका लागि अर्को दिनलाई तोकिएको हो ।

यसअघि असार ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको हो । यसअघि पनि यो मुद्दा हेर्दा हेर्दैमा थियो ।

अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गरेर सहकारी ठगीमा अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट हालेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्