नेभिगेशन
विश्व

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको धार्मिक भेलामा भागदौड, २७ जनाको मृत्यु

काठमाडौं– नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको सत्सङ्ग कार्यक्रममा उक्त घटना भएको थियो।

मृतकमध्ये २५ महिला र दुई पुरुष छन्। उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। भागदौड के कारण भयो भन्ने स्पष्ट भइसकेको छैन। पीटीआई समाचारसंस्थाले सार्वजनिक गरेको एउटा भिडिओमा घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ।

केही घाइतेहरूको नजिकैको अस्पतालमा उपचार हुँदै छ। घाइतेमध्ये केही बालबालिका पनि रहेको जनाएको छ।

भगवान् शिवका भक्तहरूले आयोजना गरेको सत्सङ्गको समापन हुँदै गर्दा उक्त घटना भएको बुझिएको छ। (बीबीसी नेपालीन्यूज)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व