Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपतजन्य व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री सिंह

मंगलबार, असार १८, २०८१

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विपतजन्य व्यवस्थापनको पूर्व तयारीमा तीनै तहका सरकारबीच सहकार्य हुन जरुरी रहेको बताएका छन् ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री विमला अन्सारीको अध्यक्षतामा मंगलबार जनकपुरधाममा भएको संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार अन्तर्गत विपत व्यवस्थापन लागि अन्तरसरकार सम्बन्ध सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले विपतबाट जोगिन थोरै लगानीमा पूर्व तयारी गरिए ठूलो क्षतिको जोखिम कम गर्न सकिने बताए । 

मधेश प्रदेश सरकारले प्राकृतिक विपतको सामना गर्न साधन र श्रोतले भ्याएसम्मका सबै तयारी गर्न तयार रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री सिंहले प्राकृतिक विपतमा परेर घर गुमाएकाहरूलाई राहतस्वरूप १ लाख, गरिबहरूलाई ३ लाखको घर बिमा गरिदिने गरि प्रदेश सरकारले रकम विनियोजन गरेको समेत बताए ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्