Nic Ad Nic Ad
Nic Ad Nic Ad

गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा

मंगलबार, असार १८, २०८१

काठमाडौं नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताएका छन्।

samridhi jewllers

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीको उद्‌घाटन गर्दै उनले गणतन्त्र स्थापनामा गिरिजाबाबुको योगदान सँधै चिरस्मरणीय रहने बताए।

सभापति देउवाले गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र पुनःस्थापनाका साथै गणतन्त्र प्राप्त उल्लेख गरे। ‘गिरिजाबाबु २००७ को क्रान्तिदेखि देशको राजनीतिमा क्रियाशील, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो,’ उनले भने। 

विद्यार्थी कालमा गिरिजाबाबुकै कारण आफू नेपाल विद्यार्थी सङ्घको सभापति भएको उनले बताए।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्