Nic Ad Nic Ad
Nic Ad Nic Ad

नियमित काम जारी राख्न मन्त्रीहरूलाई प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन

मंगलबार, असार १८, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका मन्त्रीहरूलाई नियमित काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीहरूसँग छलफल गर्दै मिडियामा सरकार फेरबदलको कुरा आउँदैमा आफ्नो काम नछोड्न आग्रह गरेको मन्त्रीले बताए । अहिलेसम्म कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नियमित कामहरू जारी राख्न भनेको उनले बताए ।

मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीसँग केही मन्त्रीहरूले भेटघाट गरेको बताउँदै ती मन्त्रीले प्रधानमन्त्रीले कुनै दलले समर्थन फिर्ता लिए संवैधानिक व्यवस्था अनुसार संसदमा विश्वासको मत लिने प्रक्रियामा अघि बढ्ने बताएको उल्लेख गरे ।

बाहिर मिडियामा आएका कुराका आधारमा नियमित कामकाज छोड्ने कुरा नभएको र नियमित काम जारी राख्न आग्रह गरेको बताए ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्