Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय यस्ता छन्‌

मंगलबार, असार १८, २०८१

काठमाडौं– नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस-एमालेबीच केपी शर्मा ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई  समर्थन गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा मङ्गलबार बेलुकीसम्म बसेको बैठकले अध्यक्ष ओली नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्न दलहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ओली नेतृत्वमा बन्ने सरकारलाई समर्थन र मार्गप्रशस्त निम्ति अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

हालको प्रमुख प्रतिपक्षी काँग्रेससँग मिलेर नयाँ सत्ता गठजोड बनाउने कसरतलाई अन्तिम रूप दिन खोजेको एमालेले तत्काल प्रधानमन्त्रीको राजीनामा चाहेको छ । तर प्रधानमन्त्री दाहालले आफूले राजीनामा नदिने र विश्वासको मतको प्रक्रियामा जाने बताएका छन्‌ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्