Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस संसदीय दलको बैठक बस्दै

बुधबार, असार १९, २०८१

काठमाडौँ -नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरवारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने दलले बताएको छ।

बुधबार नै बस्नेगरी काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । एमालेसँग सत्ता सहकार्यका लागि भएको सहमतिपछि त्यसलाई अनुमोदन गर्न बिहान ९ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार