Nic Ad Nic Ad
Nic Ad Nic Ad

शौच गर्न खोलामा गएकी महिलालाई बाढीले बगायो

बुधबार, असार १९, २०८१

काठमाडौं - दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीया ताराकुमारी गुरुङलाई मंगलबार खोलाले बगाउँदा मृत्यु भएको हो ।


खेतमा काम गर्न गएकी उनी शौच गर्न खोलातर्फ गएकी थिइन् । खोलामा एक्कासी आएको बाढीले बगाउँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । गुरुङको शव परीक्षणका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्