Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

बुधबार, असार १९, २०८१

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ ।


नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको जनाइएको छ ।

कांग्रेस–एमालेबीच भएको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने । यसको नेतृत्व सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र बाँकी कार्यकाल देउवाले नेतृत्व गर्ने सहमति छ । सहमतिमा संविधान संशोधनलाई पनि मूलरुपमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्