Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

बुधबार, असार १९, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यलय, चःमति, वनस्थलीमा बस्नेछ ।

आजको बैठकमा पार्टी महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

ढकालले समीक्षा प्रतिवेदन बुझाउने क्रममा पार्टीले आफूले उठाएका विषयवस्तुलाई गम्भीर रूपले नलिए ८४ मा एक दुई सिट पनि जित्न नसक्ने र विवेकशीलको हालतमा पुग्ने बताएका थिए।


आजको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्न महामन्त्री ढकालले सभापति लामिछानेसँग प्रस्ताव गरेको थिए । यस्तै, बैठकमा मुलुकमा एक्कासि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ । यसअघि हिजो बसेको पदाधिकारी बैठकले कांग्रेस–एमालेको नयाँ समीकरण तथा सोही समीकरणमा बन्ने सरकारमा पनि सहभागी नहुने निर्णय गरिसकेको छ ।

रास्वपाले नयाँ सरकार गठनको प्रक्रिया सुरु नहुँदासम्म सरकारमै रहने र प्रक्रिया सुरु हुनासाथ सरकार छाड्ने जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका ४ मन्त्री छन् ।

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार