Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्संगमा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो

बुधबार, असार १९, २०८१

काठमाडौं - भारतको उत्तर प्रदेशस्थित हाथरसको एक धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।


हाथरस जिल्लाको फुलरई गाउँमा आयोजना गरिएको सत्संगमा प्रवचन सकेर बाहिरिँदै गर्दा आएको ठुलो आँधीले भागदौड मच्चिएको थियो । सो क्रममा धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन् । घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्