Nic Ad Nic Ad
Nic Ad Nic Ad

यूरोकप-२०२४ : टर्की १६ वर्षपछि क्वाटरफाइनलमा

बुधबार, असार १९, २०८१

काठमाडौं - यूरोकप-२०२४ मा अष्ट्रियालाई २–१ ले पराजित गर्दै टर्की क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा भइरहेको युरो कपमा टर्की १६ वर्षपछि क्वाटरफाइनलमा पुगेको हो ।


लाइपिजगस्थित रेडबुल एरेनामा मंगलबार भएको खेलमा डेमिरलले खेलको पहिलो मिनेटमै गोल गर्दै टर्किएलाई अग्रता दिलाएका थिए । उनले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीको अग्रता दोब्बर पारे ।


यस्तै, ६६औं मिनेटमा अष्ट्रियाका माइकल ग्रेगोरिट्स्चले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा टर्कीले अन्तिम ८ मा स्थान बनाएको हो ।

फ्रान्स र नेदरल्याण्ड्स जस्ता टिम रहेको समूहमा समूह विजेता बनेको अष्ट्रियाले नकआउट चरणमा पनि त्यस्तै नतिजा निकाल्ने योजना बनाए पनि सफल भएन । सेमिफाइनल प्रवेशका लागि टर्कीले अब नेदरल्याण्ड्ससँग खेल्नेछ ।


 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्