Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोह्रखुट्टे नयाँ बजारमा सडक भासियो

बुधबार, असार १९, २०८१

काठमाडौं- सोह्रखुट्टेस्थित नयाँ बजारमा सडक भासिएको छ। बुधबार बिहान ५ बजे सडक भासिएकाे हाे।

सोह्रखुट्टेबाट बालाजु जाने सडक भासिएर खाल्डाे बनेकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

सडक भासिँदा माेटरसाइकल खाल्डाेभित्र खसेकाे थियाे। माेटरसाइकल चालक भने सकुशल रहेका छन्। खाल्डाेमा खसेकाे माेटरसाइकललाई क्रेनकाे सहायताले बाहिर निकालिएकाे छ।

सडक भासिकाे ठाउँबाट पानी आइरहेको छ। उक्त पानी प्रहरीले माेटरकाे प्रयाेग गरी निकालिरहेकाे छ।  केकति कारणले सडक भासिएकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

सडकमा क्षति पुगेसँगै सवारीसाधनहरू एकतर्फीरूपमा आलोपालो चलिरहेका छन्।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्