Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

बुधबार, असार १९, २०८१

काठमाडौँ - नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकले एमालेसँग सत्ता सहकार्यबारेमा भएको सहमति अनुमोदन गर्ने बताइएको छ । सोमबार राति काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउँदै सत्ता सहकार्यबारे सहमति भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्