Nic Ad Nic Ad
Nic Ad Nic Ad

सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, घुम्न आएका पर्यटक अलपत्र

बुधबार, असार १९, २०८१

बागलुङ- सालझण्डी-ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् ।

ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यबाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए । अहिले पनि उक्त क्षेत्रमा बर्षा भैरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्