६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
अर्घाखाँची- प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई पक्राउ गरेको छ ।
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ १२:५५
प्रतिक्रिया दिनुहोस्