Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेविसंघसहित १० वटा भ्रातृ संस्थाहरूको म्याद थप

बुधबार, असार १९, २०८१

काठमाडौँ- नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)सहित १० वटा भातृ संस्थाहरूको म्याद थप गरेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको हो। काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सम्पन्न नगरेका नेपाली काँग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक-फरक निर्देशक समिति गठन गर्ने, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघ रहेका छन् । ती भातृ संस्थाहरूको म्याद १५ असारमा सकिएको थियो

साथै निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रूपमा भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न काँग्रेसले निर्देशन दिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्