Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्केगाड गाउँपालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

बुधबार, असार १९, २०८१

हुम्ला- जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु. ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।

उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ (५) मा विपरीत उक्त आर्थिक वर्षमा रु. ७३ लाख १३ हजार तीन सय भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त रकम घरभाडाबापत रु. एक लाख (६ हजार ५६), बैठक भत्ता रु. ४० हजार, राहत वितरण रु. एक लाख ३५ हजार, इन्धनमा रु. ३५ हजार, कार्यालय सामान खरिदमा रु. एक लाख, अनुगमन भत्ता रु. दुई लाख, विद्युतीय सामग्री खरिदमा रु. तीन लाख ९० हजार खर्च भएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्