Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालिका बलात्कार आरोपमा पक्राउ परेका इन्स्पेक्टरलाई थुनामा पठाउन आदेश

बुधबार, असार १९, २०८१

काठमाडौं - बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टर विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आज बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

आफ्नै घरमा घरेलु कामदारको रुपमा राखेर १२ वर्षकी बालिकामाथि विगत तीन वर्षयता पटक–पटक जबरजस्ती करणी गरेको आरोप शिवाकोटीलाई लागेको छ ।

सोही आरोपसहित बालिकाले प्रहरीमा निवेदन दिएपछि शिवाकोटी गत जेठ २३ गते पक्राउ परेका थिए । बालिकालाई भने काठमाडौँ महानगरको बाल उद्धार समितिले उद्धार गरेको हो ।

पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत ४५ वर्षीय शिवाकोटीलाई पक्राउपछि प्रहरी वृत्त स्वयम्भुमा राखिएको थियो ।

बालिका विगत ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । उनी अहिले कक्षा–८ मा पढ्छिन् । उनको सबै पढाइ खर्च शिवाकोटीकै परिवारले व्यहोर्दै आइरहेको थियो ।


 

प्रतिक्रिया दिनुहोस्