Nic Ad Nic Ad
Nic Ad Nic Ad

इच्छाराज तामाङ विरुद्ध पूरक अभियोगपत्र दायर

बुधबार, असार १९, २०८१

काठमाडौँ- सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ ठगीमा इच्छाराज तामाङ र उनका मामाससुरा केशवलाल श्रेष्ठविरुद्ध पूरक अभियोगपत्र दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परेको पूरक जाहेरीको आधारमा अनुसन्धान भएर सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको थियो । १८ असार २०८१ मा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौँले इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौँमा पूरक अभियोगपत्र  दायर गरेको हो ।

सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७८ सालमा तामाङ र तत्कालीन समयमा सहकारीका अध्यक्ष रहेको केशललाल श्रेष्ठ सहितलाई १ हजार ५०३ जना बचतकर्ताको जाहेरीको आधारमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी सहित सीआईबीले प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको थियो ।

उक्त ठगी मुद्दा पूर्वपक्षका लागि थुनामा रहेका तामाङ र केशवलाल श्रेष्ठ विरुद्ध ७ करोड ८८ लाख ४५ हजार बिगो भराउनु पर्ने माग गर्दै पूरक अभियोग दर्ता भएको हो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्