Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं उपत्यकाका नदी खोलामा पानीको सतह बढ्दो, सतर्कता अपनाउन आग्रह

बुधबार, असार १९, २०८१

वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा पानीको सतह बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार धोबिखोला, विष्णुमतीलगायतका खोलामा पानीको सतह बढ्दो क्रममा छ।

कपन वर्षामापन केन्द्र र आसपास मध्यम वर्षा भएको छ। बुढानीलकण्ठ क्षेत्रमा एक घन्टामै २५.६ मिलिमिटर वर्षा हुँदा धोबिखोलामा जलसतह बढिरहेको हो। बुढानीलकण्ठ क्षेत्रमा पछिल्लो २४ घन्टामा ७९.४ मिमि वर्षा भएको छ।

यसैगरी, विष्णुमती खोला गोंगबु बसपार्क जलमापन केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ। पानीपोखरी क्षेत्रमा पछिल्लो २४ घन्टामा २१.८ मिमि पानी परेको छ। 

‘नदी तटीय क्षेत्र छेउछाउमा रहनु हुनेहरूले सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ। विशेष गरी नदी करिडोर भएर आवातजावत गर्दा सतर्कता अपनाउन भनिएको हो।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्