Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सामुहिक राजीनामा

बुधबार, असार १९, २०८१

काठमाडौंं – नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले बुधबार साँझ बालुवाटार पुगेर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका हुन् ।

उनीहरुले राजीनामा दिँदै एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको समेत जानकारी दिएका छन् ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए ।

आज नै बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन भनेको थियो ।

तर, प्रचण्डले राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनासम्म कुर्ने अडान लिएका छन् । प्रचण्डले राजीनामा नदिने बताएपछि एमालेले आफ्ना सबै मन्त्रीलाई राजीनामा गराएको हो

यही सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्