Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुकुलको प्रस्तुति अस्वभाविक, असहज र अप्राकृतिक : डा. स्वर्णिम वाग्ले

बुधबार, असार १९, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री डा. मुकुल ढकाल असामान्य तरिकाबाट पेश भएको बताएका छन् । 

महामन्त्रीको व्यवहार र शैलीले उनले लेखेको प्रतिवेदनसमेत ओझेलमा परेको वाग्लेले टिप्पणी गरेका हुन् ।


बैठक केही बेर स्थगित गरेर रास्वपाका पदाधिकारीले सञ्चारकर्मीलाई ब्रिफिङ गरेका थिए । वाग्लेले बैठक लाइभ नगर्ने भनेर शतप्रतिशत केन्द्रीय सदस्यले भनेपछि महामन्त्रीले त्यसलाई स्वभाविक रूपमा नलिएको उनले बताए ।

उनले भने, ‘आजको बैठकमा उहाँ एकदमै असहज, अस्वभाविक र अप्राकृतिक रूपमा पेश हुनुभयो । आज उहाँको व्यवहार मैले चिनेको मुकुल ढकाल रहेन । हामीले गर्ने स्नेह र सम्मानलाई उहाँले आज सामूहिकरुपमा नै लत्त्याउनुभयो ।’

महामन्त्रीमाथि कारवाही गर्ने माग बैठकमा उठे पनि सभापतिले नै रोकेको वाग्लेले बताए ।

महामन्त्रीको शैली र व्यवहारले प्रतिवेदनमा भएका केही राम्रा कुराहरू पनि गौण बन्न पुगेको वाग्लेले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्