Nic Ad Nic Ad
Nic Ad Nic Ad

महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँयो, पार्टीमा मलाई ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल

बुधबार, असार १९, २०८१

काठमाडौँ  -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफूमाथि पार्टीबाट ह्यारेसमेन्ट भएको बताएका छन् ।

पार्टी कार्यालयमा दिनभर बसेको केन्द्रीय समिति बैठकपछि निस्कने क्रममा ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजदेखि महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रूपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाइँदैन,' उनले भने ।

गोरखा मिडियाबाट भएको सहकारी ठगीमा जीबी राई मात्रै दोषी हो भन्नेले पार्टीमा महामन्त्रीको मात्र गल्ती देखाएको उनको गुनासाे छ । 

उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ । उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जीबी राईको सबै गल्ती भन्नुहुन्छ । पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो ।’

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्