Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेङ्गु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

बुधबार, असार १९, २०८१

विराटनगर - विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ ।

डेङ्गु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकार भएकाहरूको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवले जानकारी दिए । 

उनका अनुसार टायरमा जमेको पानी, स्थिर रूपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसी पछाडिको पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्छ । डा. यादवले डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए । 

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण फैलिन नदिन ‘खोज र नष्ट अभियान’ लाई तीव्रता दिएको विराटनगर बताए । १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेङ्गु नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्