Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको कार्यवाहक महामन्त्रीमा बुर्लाकोटी, प्रवक्तामा मनिष झा तोकिए

बिहीबार, असार २०, २०८१

काठमाडौं - महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ ।

त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई ७ दिन निलम्बन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्