आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छन् । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.११ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.१० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ ०६:४२
प्रतिक्रिया दिनुहोस्