Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारको पत्र

बिहीबार, असार २०, २०८१

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।

बाढीपहिरो पीडितका नाममा महानगरला हानी हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारी जनाएको छ ।

मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा निर्णयविपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ ।

Messenger_creation_dcd34910-0724-42b5-baf6-33f5db7e2618-1720064742.jpeg
 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्