Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहीबार, असार २०, २०८१

काठमाडौँ- राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा मध्याह्न सवा १२ बजे बस्नेछ।

samridhi jewllers

बैठकमा आज विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ।

संसद सचिवालयका अनुसार बिहीबार ११ वटा मन्त्रीले जवाफ दिने कार्यसूची छ।

वन मन्त्रालय, महिला तथा बालबालिका, खेलकुद, सहरी विकास, उद्योग, कृषि, भौतिक पूर्वाधार, संघीय मामिला, पर्यटन, स्वास्थ्य र परराष्ट्र मन्त्रीले मन्त्रालय छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिनेछन्।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्