Nic Ad Nic Ad
Nic Ad Nic Ad

जंगली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी

बिहीबार, असार २०, २०८१

काठमाडौं- मकवानपुरमा जंगली च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका ७ जना बिरामी परेका छन् ।

बुधबार साँझ जंगली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका– ६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका हुन् ।

मंगलीमायासहित उनका बुद्धिबहादुर स्याङ्तान, पासाङ स्याङ्तान र लासाङ स्याङ्तान, बुद्ध स्याङ्तान, लक्ष्मीमाया स्याङ्तान, पार्वती स्याङ्तान र आरती स्याङ्तान विरामी परेका हुन् ।

बुद्धिबहादुरका छोरा लासाङको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवंम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ । अन्य बिरामीको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्