Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य तोलामा १ हजार ६ सयले बढ्यो

बिहीबार, असार २०, २०८१

काठमाडौ - स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेको हो ।


यो सँगै सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको छ । महासंघका अनुसार बुधबार भने सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्