Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने

बिहीबार, असार २०, २०८१

काठमाडौं - नेकपा एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने भएका छन् । वर्तमान सरकारमा एकीकृत समाजवादीबाट सहभागी दुई मन्त्रीहरुले राजीनामा नदिने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुको विश्वासको मत रहेको भन्दै उनले मन्त्रीहरुले राजीनामा नदिने बताएका हुन् । एकीकृत समाजवादीबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सहरी विकासमन्त्री धनबहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् ।

सरकार फेरबदल हुने निश्चित भएसँगै नेकपा एमालेका मन्त्रीहरुले भने राजीनामा बुझाइसकेका छन् । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यस्तै, रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी गरेको छ । एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्