Nic Ad Nic Ad
Nic Ad Nic Ad

के रवि लामिछाने गृहमन्त्रीबाट निलम्बित होलान्?

बिहीबार, असार २०, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गृहमन्त्री पदबाट निलम्बन गर्ने रिटको फैसला बिहीबार आउने भएको छ। 

बुधबार फैसला नसुनाइएको उक्त रिटमाथिको सुनुवाईबारेको निर्णय सर्वोच्च अदालतले बिहीबार सुनाउन लागेको हो। 

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा दुई जना कानुन व्यवसायीले जवाफी बहस सकेपछि फैसला सुनाउने भएको हो। 

यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो। तर दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दा हेर्दैमा राखिएको थियो।  रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेपछि इजलासले हेर्दा हेर्दै राखिएको थियो।  

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए।

गोर्खा मिडिया प्रालिमा लामिछाने शेयर सदस्य रहेका बेला सहकारीको रकम अपचलन भएको दाबी गरिएको छ। यसैकारण यसको छानबिन गरिरहेको गृह मन्त्रालयको नेतृत्व लामिछानेलाई दिन नमिल्ने रिटमा मागदाबी थियो। 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्