Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी प्रकरणः संसदीय छानबिन समितिले गृहसचिव र आईजीलाई बोलायो

बिहीबार, असार २०, २०८१

काठमाडौं– एमाले सांसद सूर्य थापा संयोजकत्वको सहकारी ठगी छानबिन संससदीय समितिले गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई सोधपुछका लागि बोलाएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र देशैभरीका प्रहरी युनिटले सहकारी ठगीबारे गरेको अनुसन्धानको जानकारी लिनका लागि अर्याल र कुँवरलाई समितिको कार्यालयमा डाकिएको संयोजक थापाले जानकारी दिएका छन्। 

उनीहरूलाई शुक्रबार बोलाइएको छ। 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएको भन्दै नेपाली कांग्रेसको मागअनुसार संसदीय समिति गठन गरिएको थियो। जसमा लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम कसरी पुग्यो भन्ने विषयमा सोधीखोजी हुनेछ। 

यहि प्रकरणका अभियुक्त लामिछानेका पूर्वसाझेदार गितेन्द्रबाबु (जीबी) राई अहिले फरार रहेका छन्। उनी मलेसियामा रहेको गृहमन्त्री लामिछानेलगायतले जानकारी दिएका छन्। तर, उच्च स्रोतका अनुसार उनी दुबईको सोनापुर क्षेत्रमा लुकेर बसेका छन्।
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्